What is Public Health? जनस्वास्थ्य के हो ?
जनस्वास्थ्य विशेष गरी स्वास्थ्य प्रवर्दन र रोग रोकथाम गर्ने विज्ञान तथा कला हो । रोगहरू र अन्य स्वास्थ्य समस्याहरूको रोकथाम र नियन्त्रणको माध्यमबाट जनसंख्याको स्वास्थ्यस्थितिलाई सुधार गर्ने यो एक व्यापक क्षेत्र हो । जनस्वास्थ्यले विभिन्न विषयहरू जस्तै महामारी विज्ञान, बायोस्टाटिस्टिक्स, पर्यावरणीय स्वास्थ्य, स्वास्थ्य नीति र व्यवस्थापन, र सामाजिक र व्यवहारिक स्वास्थ्यलाई समावेश गर्दछ ।
जनस्वास्थ्यविज्ञहरू स्थानीय, राष्ट्रिय र विश्वव्यापी स्तरमा समुदाय र जनसंख्याको स्वास्थ्य सुदृढ गर्ने काम गर्छन् र अस्पताल, क्लिनिक, स्कूल, सरकारी एजेन्सीहरू र गैर-लाभकारी संगठनहरू सहित विभिन्न क्षेत्रहरूमा काम गर्दछन् । जनस्वास्थ्यविज्ञहरूका केही प्रमुख कर्तव्यहरूमा रोगहरुको ट्रेन्ड वा प्याट्रन पहिचान गर्ने र ट्र्याक गर्ने, स्वास्थ्य डेटाको विश्लेषण र अनुगमन गर्ने, स्वास्थ्य समस्याका कारणहरू बुझ्न अनुसन्धान सञ्चालन गर्ने र तिनीहरूलाई रोक्न वा कम गर्न कार्यक्रमहरू विकास तथा कार्वान्यन गर्ने, स्वास्थ्य र सुरक्षाको बारेमा शिक्षा र जानकारी प्रदान गर्ने, स्वास्थ्यलाई बढावा दिन र रोगको रोकथाम गर्न स्वास्थ्य नीति र कार्यक्रमहरू विकास र कार्यान्वयन गर्ने, र स्वास्थ्य आवश्यकता र मुद्दाहरूको पहिचान र सम्बोधन गर्न समुदाय र अन्य सरोकारवालाहरूसँग सहकार्य गर्नेहरु पर्दछन्।
जनस्वास्थ्य एक महत्वपूर्ण क्षेत्र हो जसले विश्वव्यापी जनसंख्याको स्वास्थ्य र कल्याणलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्छ र यो क्षेत्र “सबैका लागि स्वास्थ्य” को नारालाई व्यवहारमा उतार्न केन्द्रित छ।
- Ankit Acharya, MPH
(If you are interested in writing about Public Health topics, you can submit your blogs to sph.sustainablepublichealth@gmail.com or send them through our Facebook page Sustainable Public Health). Thanks for reading!!
Comments
Post a Comment