नयाँ वर्षको लागि जनस्वास्थ्यका रिजोलुसनहरु

नयाँ बर्षमा के रिजोलुसन बनाउने भनेर हामीमध्य धेरैजना सोचिरहेका हुन्छौ । कतिपयले "मेरो केहि पनि रिजोलुसन छैन, बनाएर मात्र के पो गर्नु, पुरा गर्न सकिने हैन् !" भन्ने गरेको पाईन्छ । तररिजोलुसन बनाएर, अनुशासित भई अगाडि बढ्ने हो भने, त्यसलाई पुरा गर्न सकिन्छ । "के रिजोलुसन बनाउने" भनेर सोचिरहनु हुनेलाई यो बर्षको लागि म केहि रिजोलुसनहरु सेयर गर्दै छु, जुन जनस्वास्थ्यका हिसाबले निकै उपयोगी छन् । यसलाई मनन गरेर आफ्नो नयाँ बर्षको रिजोलुसन तय गर्नु होला 


१. स्वस्थ आहार खानेछु:
 स्वस्थ आहारले समग्र स्वास्थ्य सुधार गर्न र मोटोपनमधुमेह र हृदय रोग जस्ता दीर्घकालीन रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । म स्वस्थ रहन विभिन्न प्रकारका फलफूलसागसब्जीगेडागुडी र प्रोटिनयुक्त खानेकुराहरु खानमा ध्यान दिनेछु । जंक खानेकुरा जस्तै मम, चाउमिन, चिप्स, चाउचाउ, चटपटे, आदिलाई खाजाको मेनुबाट हटाउनेछु ।


२. नियमित व्यायाम गर्नेछु:
 नियमित शारीरिक गतिविधिले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै पुरानो रोगहरूको विकासको जोखिमलाई कम गर्न सक्छ । प्रत्येक दिन कम्तिमा ४५ मिनेट व्यायाम गर्नेछु । बेलाबेला हाईक गएर शारीरिक र मानसिक तन्दुरुस्ती  कायम गर्नेछु 


३. पर्याप्त निन्द्रा पुर्याउनेछु:
 राम्रो शारीरिक र मानसिक स्वास्थ्यको लागि पर्याप्त निद्रा महत्त्वपूर्ण छ । प्रति रात ७-९ घण्टा सुत्नेछु ।


४. तनाव कम गर्नेछु:
 दीर्घकालीन तनावले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ । तनाव व्यवस्थापन गर्न आराम, योग तथा व्यायाम गर्नेछु । मानसिक स्वास्थ्य सेवा लिनुपरेमा विशेषज्ञसँग भेट्नेछु र अरुलाई पनि मानसिक स्वास्थ्य सेवा लिन प्रेरित गर्नेछु ।


५. धुम्रपान त्याग्नेछु:
 समग्र स्वास्थ्य सुधार गर्न र सुर्तीजन्य रोगहरूको विकासको जोखिम कम गर्न धुम्रपान छोड्नेछु ।


६. रक्सीको सेवन सिमित वा शुन्य गर्नेछु:
 अत्याधिक रक्सीको सेवनले कलेजोको रोग र क्यान्सर जस्ता स्वास्थ्य समस्याहरू विकास गर्ने जोखिम बढाउन सक्छ । रक्सी पिउनुपरेमा संयमित भएर पिउनेछु र यो बर्षभित्र रक्सीको सेवन शुन्य बनाउने छु । 


७. सरसफाइको राम्रो अभ्यास गर्नेछु:
 नियमित रूपमा साबुन पानीले हात धुनेखोक्दा वा हाच्छ्युँ गर्दा मुख र नाक छोप्ने र बिरामी व्यक्तिहरूसँग नजिकको सम्पर्कबाट टाढा रहने छु ।


८. खोप लगाउने
 छु: आफूलाई र आफ्नो समुदायलाई संक्रामक रोगहरूबाट बचाउन खोप एक सुरक्षित र प्रभावकारी तरिका हो । फ्लू, कोभिड-१९ र अन्य रोगहरू विरुद्ध खोप लगाउने छु ।


९. हरेक महिना एउटा जिवनुपयोगी पुस्तक पढ्नेछु: जीवनलाई सरल, सहज, खुशी र आनन्दित बनाउन पुस्तकहरुको ठुलो भूमिका हुन्छ । यो वर्ष कम्तिमा १२ वटा जिवनुपयोगी पुस्तक पढ्ने छु, जुनमा स्वास्थ्य सम्बन्धि पुस्तकहरु पनि पर्नेछन् 


१०. परिवार र कामलाई समय दिनेछु: जीवनमा व्यस्तता कहिले पनि सकिँदैन । यो वर्ष पनि म परिवार अनि कामलाई पर्याप्त समय निकल्नेछु । परिवारसँग बिताएको समयले हाम्रो मानसिक तथा अध्यात्मिक स्वास्थ्यलाई पनि राम्रो गर्दछ 


मैले बुँदा नम्बर १-४, र ७-१० लाई यो बर्षको रिजोलुसन बनाएकी छु । तपाईंहरुको यस बर्षको रिजोलुसन कुन कुन हुन् ?


- प्रिन्सी भट्ट, कैलाली (BPH Graduate)

(If you are interested in writing about Public Health topics, you can submit your blogs to sph.sustainablepublichealth@gmail.com or send them through our Facebook page Sustainable Public Health). Thanks for reading!!

Comments

Popular posts from this blog

What is Sustainable Public Health? दिगो जनस्वास्थ्य के हो ?

स्वास्थ्य सेवा प्रणाली, कोभिड–१९ र जनस्वास्थ्य